मूर्तिकारहरुमा-धन्यबाद 

2020, Mar 08

मूर्तिकारहरुमा-धन्यबाद 

बेलु थापा 
हाल : जापान 

मूर्तिकारहरुमा-धन्यबाद 

संसारभरका २५० आवेदकहरुबाट बिभिन्न ११ देशका १५ जना सिनियर मूर्तिकारहरुले १५ दिन लगाएर आकर्षक मूर्तिहरु कुदेर घुम्टे सरी ठिंङ उभ्याएर आफ्नो देश फर्कनु भो । बागलुङको गलकोट ढुङगै ढुङगाहरुबाट बनेका घरबस्तिहरुको ऐतिहासिक भ्याली हो । त्यै गलकोटमा मूर्तिकार्यशालाको शुरुवात जसरी तामझामका साथ भो समापन त्यस्तै भव्यता र रौनकतासाथ भयो । जहाजबाट गौचरन झर्दा स्वागतमा न्यानो आत्मियता टक्राएका राजधानी,पोखरा,बागलुङ र गलकोटबासीहरुले पाहुना मूर्तिकारहरुको बिदाई पनि आत्मियताका साथ गरे । गलकोट कला प्रतिष्ठानको मूर्ति कार्यशालाले जसरी अन्तराष्ट्रिय मान्यताको प्रमाण-पत्र पाएर झन खुसी भयो संगै नेपालकै पहिलो त्यो कार्यशाला र मूर्तिहरुको बगैचाको साजसज्जा र पर्यटकहरुको गन्तव्य बनाउन अरु धेरै कामहरु गर्ने अभिभारा  चुलिएर थप जिम्मेवार बनाएको छ । 

जसरी चिनिन्थ्यो गलकोट - गलकोटे दरवार, गुरासहरुको बगैचा सानो ठुलो घुम्टे ,झोलुङगे पुलहरुको ठाउ, सहिद थीरबमको माटो, स्थानीय स्लेट ढुङगाको शहर,कलकल कञ्चन दरम गौदी, गाईघाट र शहश्रघाराका अविरल झरनाहरु,डुडे पहाड, भिमसेनढुङ्गा, पान्डुकेश्वर तथा गाईघाट गुफा, कोतमैदान,निलुवाको फराक, कालिलेख, बागढुङ्गा, रिधाको बौद्ध गुम्वा संगै अव थपिएको छ टेउवाको मूर्तिहरुको सुन्दर बगैचा, अव थप सम्भावनाका आधारहरु जोडनमा अरु धेरै होत्से गर्न जरुरी छ ।

जस्तो की गाईधाटमा बन्जीजम्प, दरम र गौदीको छेवैछेउ(किनार)मा पदमार्ग अनि भिमसेन ढुङगामा ड्याम बनाएर बिशाल ताल र तालमा असला माछाको संरक्षण, घुम्टे दर्शनका लागि केवुकार, निलुवाको बिशाल फाटकमा सुविधासम्पन्न अस्पताल ,गलकोटका सबै बस्ति जोडेर चौधेरा चक्रपथ, भ्यू टावरको गेटबाट रिघासम्म सडकका दुबै छेउमा लाईनबद्ध पैयुहरु र बिचबिचमा म्याल रोपेर, हटियाबाट ताराखोलासम्मका मूल सडकका दुवै छेउमा पैयु र बैस रोपेर सजिसजाउ  पार्नु छ ।मल्मको गुफामा डाडामा बन्दै गरेको मनोकामना मन्दिर,उहिले देखि लोडसेटिङमुक्त गलकोटलाई थप बन्दै गरेका बिद्युतका परियोजनाहरुले अरु  झलमल पार्नु छ ,दर्जनौ राष्ट्रिय कलाकारहरु जन्माउने गलकोटे माटोले चाडै बनाउनु छ कला र संस्कृतीको अनुसन्धानकेन्द्र सहितको संग्राहलय जहां सबै कलाकारका गितसंगीत संस्कृती र इतिहासका संग्रहको परिसर पुग्दै मनगुग्ध बन्न सकौ , अरु धेरै थप्नु छ गुणस्तरिय  शिक्षालयहरु ,खोल्नु छ रोजगारीका सानाठुला अवसरहरुका झ्याल ढोकाहरु । यि सवका लागि  जहां छौ त्यहिबाट जुटनु छ। हाम्रा अमुल्य रत्न कलाकारहरुका शव्द बिम्वले चिनाएको बिदेशमा पसीना बगाएर माटोको मांयामा खर्चेको साथ र सरकारको धापले जती चिनियो गलकोट अझ धेरै फैलाउनु छ चिनाउनु छ । हाम्रो ठाउ हाम्रो गाउ थप सुन्दर बनाउन लागि हातेमालो गरौ । 

जय जननी- जय गलकोट ।

More Blogs