गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६ (Galkot International Sculpture Symposium- 2020)

2019, Dec 08

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६ (Galkot International Sculpture Symposium- 2020)

गलकोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७६ 

     गलकोट कला प्रतिष्ठानको संयोजन एवं  विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्थाहरूको सहभागितामा आधुनिक मूर्तिकला रचना कार्यशाला आयोजनाको तैयारी भैरहेको छ । गण्डकी प्रदेशको ऐतिहासिक क्षेत्र बागलुङ्गको गलकोट, १०,३९३ फिट उच्च घुम्टे पहाडको काखमा अवस्थित रहेको छ । गलकोट नगरपालिका ५ टेउवा, प्रतिष्ठानको १९८५ मिटर उचाईमा अवस्थित मनोरम भूमिमा खुल्ला मूर्तिकलाको बगैंचा  स्थापना गर्ने उद्देश्यका साथ  यही मिति २०७६ साल फागुन ५ गतेदेखि २१ गतेसम्म गलकोट अन्तर्राट्रिय मूर्तिकला कार्यशाला–२०७६ सञ्चालन गर्न लागिएकोछ । यस मूर्तिकला कार्यशालमा ११ देशका स्वदेशी पाँच  र विदेशी दश गरी १५जना अन्तर्राष्ट्रिय ख्याती प्राप्त मूर्तिकारहरूको सहभागिता रहनेछ । 
     अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले पर्यटकीय गन्तव्यका रूपमा खुल्ला सङ्ग्रहालय निर्माणमा योगदान दिनेछ । यसबाट आर्थिक विकासमा मात्र नभई देशको साँस्कृतिक वैभवलाई अभिवृद्धि गर्न समेत थप योगदान पुग्नेछ ।  जसले नेपाली आधुनिक मूर्तिकलाको विकासमा उत्साह प्रदान गर्र्ने मात्र नभई उक्त स्थानको वातावरणीय सौन्दर्यलाई समेत टेवा पु-याउने छ । साथ साथै घोसित सरकारको नेपाल भ्रमण वर्ष २०२० मनाउने सिललिामा कार्यशालाको विशेष योगदान रहने छ । यसले गर्दा सरकारको उद्देश्य परिपूर्ति गर्ने दिशामा समेत मद्दत पुग्नेछ । कार्यशाला आयोजनाले अन्तर्राष्ट्रिय मूर्तिकारहरूसँगको भालाकुसारी, जिज्ञासाका साथै प्रत्येक्ष मूर्ति रचना अवलोकनको अवसर समेत प्राप्त हुनेछ  । तैयारी कृतिबाट एक खुल्ला मूर्तिकला बगैँचा एवं सङ्ग्रहालयको स्थापनाले गर्दा अर्को विशेष साँस्कृतिक महत्व बढ्नेछ । 
     प्रत्येक्ष मूर्ति रचना गर्ने विधि र कलाकारको दृष्टिकोण बारे जानकारी लिने अवसर यस कार्यशालाबाट मिल्नेछ । विद्यालय, कलेजका शिक्षक विद्यार्थि, जिज्ञासु र अध्ययन अनुसन्धानदाता सबैलाई ऐतिहासिक एवं साँस्कृतिक कलाको अध्ययन स्थल, पर्यटकीय गन्तव्य जस्तो महत्वपूर्ण केन्द्र निमार्ण हुने भएकाले जुन भावी पुस्ताका लागि अमुल्य सम्पत्तिका रूपमा हस्तान्तरण हुनेछ । 

    आयोजनाको सफलताबाट आर्थिक विकास मात्र नभई अतर्राष्ट्रिय स्तरमा देशको सांस्कृतिक वैभवको अभिवृद्धि, कला आदान प्रदान गर्न समेत थप योगदान पुग्नेछ ।  नेपाली आधुनिक मूर्तिकलाको विकासमा उत्साह प्रदान गर्नुका साथ साथै वातावरणीय सौन्दर्यलाई समेत टेवा पु-याउने दिशामा मद्दत मिल्नेछ । 
 उद्देश्यः
१.    सांस्कृतिक एवं पर्यटकीय गन्तव्य बनाउने ।
२.    ललितकला अध्ययन अनुसन्धान स्थलका रूपमा विकास गर्ने ।
३.    प्राकृतिक सौन्दर्य तथा कलाको सृजनाको संरक्षण गर्दै भावी पुस्ताको लागि           सांस्कृतिक धरोहर निर्माणमा योगदान पु-याउने ।
४.    नेपाली मूर्तिकलाको विकास,प्रचार, संरक्षणका साथै आर्थिक सांस्कृतिक                पहिचान स्थापित गर्ने ।
५.    विद्यार्थी तथा कला अनुरागीका लागि एक खुला वैभव र मनोवैज्ञानिक आधार       सृजना तथा सामाजिक स्थलको निमार्ण गर्ने ।
६.    देशको मेरुदण्ड मध्य–पहाडी राजमार्गमा पर्यटकीय स्थल ढोरपाटन र अन्य           गन्तब्यहरूका बीच सेतुको रूपमा भूमिका निर्वाह गर्नुका साथै पर्यटकीय               गन्तव्य निन्तव्य निर्माण गर्ने ।
७.   देशको आर्थिक विकासमा यागदान पु-याउने ।