हामी अझै हातेमालाे गराैँ यसरी नै अगाडि बढाैँ

2020, Feb 12

हामी अझै हातेमालाे गराैँ यसरी नै अगाडि बढाैँ

 

 

  ♦ देबेन्द्र सुवेदी, काठमान्डौ 

 


बागलुङकाे गल्काेट, घुम्टे पहाडकाे काखमा बसेर बिश्वका महान/चर्चित मुर्तिकारहरुले ठुलाठुला ढुङ्गाहरुमा       आफ्नाे सिप र मेहनत प्रदर्शन गर्दै मुर्ति बनाउँदै हुनुहुन्छ । जुन मेहनत र सीप हामी गल्काेटबासी र नेपालकाे लागि ठुलाे सम्पति हुनेछ । नेपालले "पर्यटन बर्ष २०२०" मनाईरहँदा गल्काेटमा बिश्वका चर्चित मुर्तिकारहरुकाे उपस्थितिमा कार्यशाला आयाेजना हुनु आफैमा गाैरवकाे विषय हाे ।

प्रयत्क्ष रुपमा उहाँहरुकाे कलाकाैशललाई नजिकबाट अबलाेकन गरि साक्षात्कार समेत गर्न पाईने उक्त भव्य कार्यशाला यहि फागुन ५ गते देखि २१ गते सम्म गल्काेट नगरपालिका वडा नं. ५, बागलुङमा हुँदैछ । जापान, ईटाली, ईजरायल, फ्रान्स, ब्राजिल, युक्रेन, ताईवान, क्यानडा,चिन र भारतबाट १० जना ख्याति प्राप्त मुर्तिकारकाे साथमा नेपालबाट बिश्वमा आयाेजना गरिने यस्तै कार्यशालमा आफ्नाे कलाकाैशल देखाई उत्कृष्ट हुनुभएका नेपालि ५ जना मुर्तिकार सहित १५ जनाले १६ दिन सम्म ढुंगालाई मुर्तिमा परिवर्तन गर्न तल्लिन रहनुहुनेछ । 

आज सम्मकाे तयारीलाई हेर्दा हामी निकै उत्साहित छाै । केही कलाकारहरु आईसक्नु भएकाे छ भने केही आउने तयारीमा हुनुहुन्छ ।

रचनात्मक रुपमा पर्यटन प्रबर्धन गर्ने याे प्रयास काेशेढुङ्गा सावित हुनेछ । हामी अझै हातेमालाे गराैँ यसरी नै अगाडि बढाैँ ।

जय गल्काेट ।

More Blogs