मूर्तिकला उद्घाटन को प्रतिक्षामा गल्कोटवासी
फाल्गुन ५ गते गण्डकी प्रदेश , मूख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ बाट उद्घाटन गरिने गलकोट अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला २०७६ को तयारी पुरा भयको छ ।
११ देशका ख्याति प्राप्त मुर्तिकारहरुले फाल्गुन ५ गते देखि २१ गते सम्म गल्कोट न।पा। ५ हरिचौर टेउवा मा ५ जना नेपालि र १० जना भारतीय सहयोगी मुर्तिकार्हरु संगै प्रतक्ष मुर्तिनिर्माण कार्यमा जुट्ने छन् ।
काठमांडौमा गठित मूर्तिकला कार्यशाला आर्थिक उपसमितिले सबै मुर्तिकारहरुलाई एकीकृत गरि फाल्गुन ३ गते पोखरा को लागि बिदाइ गरेको थियो।
काठमांडौमा सुमेघ टुर एण्ड ट्राभल्सको तर्फ देखि २ गते सांझ कलाकार स्वागतार्थ तथा कार्यक्रम सफलताको कामना सहित विशेष रात्रि भोज को आयोजना गरिएको थियो।
प्रदेश सरकारले बिशेष योजना मा राखेको यो कार्यशाला , नेपाल भ्रमण बर्ष २०२० कै एक मुख्य कार्यक्रम हो।
जनप्रतिनिधि , गल्कोट सरोकार संघ संस्था , पर्यटन ब्यबसायीहरुले मुर्तिकारहरुलाई पोखरा विमानस्थल मा स्वागत गर्नु का साथै बाग्लुङ्ग पर्यटन समितिले बाग्लुङ्ग बजारमा , जनप्रतिनिधि, स्थानिय बासिन्दा , आमासमुहहरु , बिधालय प्रतिनिधिहरु , बजार ब्यबस्थान समितिहरुले विभिन्न झाँकी , पन्चेबाजा सहित नरेठांटि, हटिया र हरिचौरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै , गल्कोट नगरपालिका मा नगरप्रमुखसंग भेटघाट कार्यक्रम पनि रहेको छ ।
प्रदेश सरकारले बिशेष योजना मा राखेको यो कार्यशाला , नेपाल भ्रमण बर्ष २०२० कै एक मुख्य कार्यक्रम हो।