सुन्दर शान्दार बन्दैछ मूर्तिको बगैचा 

2020, Feb 18

सुन्दर शान्दार बन्दैछ मूर्तिको बगैचा 

  बेलुकाजी थापा 

सुन्दर शान्दार बन्दैछ मूर्तिको बगैचा 

हिजो तामझामका साथ बागलुङ गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको गण्डकी प्रदेश मुख्यमंत्री पृथ्वीशुव्वा गुरुङले भव्य कार्यक्रम बिच शुभारम्भ गर्नुभयो ।
बिदेशी पाहुना मूर्तिकारहरुले अव त्यहा थुपारिएका ढुङगाहरुमा शिल्प,साधना,परिश्रम र चिन्तनको गहिरो अदृष्य मन मस्तिष्कको आकृतीलाई छिनो चलाएर कौशल मूर्तिमा ढाल्नमा पुरै १६ दिन गाल्नु हुनेछ । प्रकृतीले उठाएको बहुपहिचानको माथ,घुम्टेको काखको उजाड ठाम अव मनोरम संग्रहालयमा बदलिएर मोहक बाडन लायक हुनेछ ।मूर्तिहरुको संग्रालय परिसरमा गहनभावका पन्द्र मूर्तिहरु जो मानव सभ्यता, भेषभूषा र प्रकृती विषयका प्रतिक बनेर ठिंङग सजीने छन । धार्मिक आस्थाका शुरुबाती देव श्रीगणेश र बिश्वशान्तिका दूत गौतम बुद्धको थप दुई मुर्तिले संग्राहलयको बगैचा अझ सुशोभित जजल्य हुनेछ । चारै चौरास फुलहरु सजीने बिराट यो परिसर साच्चै पुग्न लायक हुनेछ । गलकोट भ्यालीका बस्तिहरु नियाल्दै आनन्दानुभूतीमा डुवेर टहलिने त्यो ठाउ स्वर्गानुभूतीको टेवा दिन लायक नाउ टेउवा हुनेछ ।
नेपाल सरकार र सबै गलकोटे संस्थाहरुको साथ घरदेशबाट परदेशमा मेहनतरत गलकोटे नौजवान मनहरुको श्रमशील हातको योगफल गलकोटको केन्द्र गजुररुपी घुम्टेको आँगन प्रसंशा र कल्पना गरे भन्दा बिराट,बिशाल र मग-मगाउदो हुनेछ । यो सबको कामको तानाबाना कोर्ने मेरा सहपाठी ललितकलाका प्राज्ञ ओम खत्री र आठ दशक पुराना जागरुक व्यक्तित्व पूर्व सांसद

क्या .पूर्णबहादुर राना प्रसंशायोग्य पात्र हुनुहुन्छ ।
जय गलकोट ।।

 

 

More Blogs