लेखियोस, गलकोट एक दिनमा वनेको होईन 

2020, Feb 18

लेखियोस, गलकोट एक दिनमा वनेको होईन 

   

 मिलन के .सी

असम्भव, त्रसित विकास मगज, निराशावादी विचार बिचमा सम्भावना देख्ने सुन्दर विचारको ज्वारभाटा हो, लेखियोस्, गलकोट एक दिनमा वनेको होईन। 


वाह्रौ शताब्दीको सुरुवाती देखि नै प्रचलित भनाई हो, "Rome was not built in a day " [ Rome ne Fult Faite  toute en un  our ] र यो फ्रेन्च प्रचलित भनाइ हो । आधुनिक, विकसित , सभ्य रोम सहरको निर्माण सिदियौ संघर्ष, त्याग र समर्पणले सम्भव प्राय भएको हो। त्यसैले, सभ्य, सम्रिद्द  विकसित समाजको परिकल्पना गर्दा, दृढ संकल्प र निरन्तर प्रयासको अति आवश्यक रहन्छ। 

गलकोट संदर्भ: 
इतिहास, कला, सस्कृति, रहनसहन, भेष भुषा, प्राकृतिक श्रोत साधनले सुसज्जित गलकोट क्षेत्रलाई विकसित, सभ्य, सुन्दर क्षेत्रको रुपमा विकास गर्न, समृद्द पर्यटकिय नगरीको रुपमा विकास गर्न जुन परिकल्पनाहरु गरिन्छ, ती परिकल्पनाहरु कुनै कोरा  पानामा कोरिएका रचनाहरु होइनन्। ती सकारात्मक र परिवर्तनशील विचारका भविष्यका वर्तमान पाटाहरु हुन्।
 
पछिल्लो समय, गलकोटमा विकास निर्माणका कार्यहरु, पर्यटन प्रवर्धनका कार्यहरुले, सस्कृती संरक्षण विचारहरुले केहि कदम अगाडि बढाउने प्रयासहरु गरेकै छन् । राज्य पुनसंरचनाको पछिल्लो छडीले विकासका केहि सम्भाव्य ढोकाहरु उजार गरेकै छ। यहिं धरातलमा रही दिर्घकालिन  योजना निर्माण गरि तत्कालको आवस्यकता, दिर्घकालिन सोच र विकास संदर्भ, सार्थक निकास दिने सोचले समाज नेत्रित्वकर्ताहरु   , राजनैतिककर्मिहरु, समाजसुधरकहरु, व्यवसायीहरु, सबै-सबै गलकोटवासीले हालेमालो गरे, समृद्द गलकोटको परिकल्पना धेरै टाढा  छैन।

More Blogs