बागलुङ । पहाडी आकर्षक भू–स्थलले सिँगारिएको बागलुङ घुम्टे–गलकोट गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखि जारी गलकोट अन्तराष्ट्रीय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ।
गण्डकी प्रदेशअन्तरगत गल्कोट नगरपालिकाको टेउवामा हालै अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागी गराएर आयोजना गरिएको कार्यशालाले देशभरिका कलाप्रेमीको ध्यान खिच्यो । यस अवसरमा स्थानीय र कलाकारहरूले एकापसमा सद्भाव साटासाट गरे । चिनाजानी गरे ।
ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि गरिएको अन्र्तराष्ट्रिय कार्यशालाको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशालाको समापन गरे।
गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो। अन्तराष्ट्रिय मुर्तिकारहरुको संस्था ‘एइसम’ले कार्याशालालाई नेपालको विकट भूगोलमा फरक सोचका साथ कार्यशाला सफलतापूर्वक सम्म्पन्न गरेकोमा यो मान्यता दिएको आफ्नो वेभ साइटमा जनाएको छ।
उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको थियो। कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मुर्तिकार ओम खत्रीले बताए। ११ देशका १५ मूर्तिकार सम्मिलित कार्यशाला १५ दिनसम्म संचालन भएको थियो।
“कलासँग जोडिएको समाज समुन्नत हुन्छ। फरकफरक परमपरा, संस्कार र सोचले गर्दा नै नेपाल साँस्कृतिक देश हो। यसले गर्दा नै नेपालसँग कलाको साइनो निकै पुरानो छ। कलाले दिने सन्देश पनि फरक हुन्छ समाजमा” क्यानडाबाट कार्यशालामा सहभागिता जनाउन गलकोट आइपुगेकी जुली ग्लास्पी ले भनिन् । म यहाँका नेपालीहरूदेखि निकै मोहित भएँ।
गलकोटको यो कार्यशाला मेरा निम्ति अस्मरणीय बन्यो। गलकोट टेउवामा आयोजना भएको अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला यस दुर दराजको गाउँका लागि नवीन सोचको कल्पना हो। यश कार्यशाला यहाँ आयोजना हुनुले गलकोट क्षेत्रलाई कला बुझ्ने समाजको रुपमा बुझ्न सकिन्छ।
अरू थप कलाका आयामहरू यहाँ बिस्तार हुँदै जानेछ्न्। गलकोटबासीको यो सत्प्रयासलाई सलाम छ। गलकोट सेरोफेरोबाटै संकलन गरिएका ढुङ्गाहरूमा मूर्तिकारले कला आकृति भर्ने काम गरेका छन्। ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी छन्। यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागिता जनाएका थिए। मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारको पनि कार्यशालामा सहभागिता थियो।