अब ढुंगा मूर्ति बन्छ

2020, Mar 01

अब ढुंगा मूर्ति बन्छ

-प्रकाश थापा 

हाल: ईटाली

अब ढुंगा मूर्ति बन्छ  
 

अब ढुंगा मूर्ति बन्छ
मूर्ति अब पहिचान बन्छ । 
अब टेउवा संग्राहलय बन्छ,
अनि गलकोटको रुपरंग भर्छ ।।

अब मूर्ति आफै बोल्छ, 
वैभवको अब ढोका खोल्छ ।
अब मूर्ति गलकोट चिहाउँछ,
अनि संसारभरको कला देखाउँछ, ।। 

अब मूर्ति इतिहास लेखाउँछ,
ढुंगाबाट अब जीवन रंगाउँछ ।
अब मूर्ति मूर्तिकार देखाउँछ,
अनि अन्तर्राष्ट्रिय नाम लेखाउँछ ।।

अब मूर्ति प्रकृति चिनाउँछ,
घुम्टेको अब गोरेटो देखाउँछ ।
अब मूर्ति विकास डो¥याउँछ,
अनि भावीपिंडीलाई बाटो देखाउँछ ।।

अब मूर्ति पर्यटक बोलाउँछ,
गलकोटमा अब गन्तव्य थपाउँछ ।
अब मूर्ति पाठशाला बनाउँछ, 
अनि ललितकला अध्ययन सिकाउँछ ।।

अब मूर्ति सौन्दर्य बढाउँछ,
कुरालाई अब कार्यमा देखाउँछ ।
अब मूर्ति एकता ल्याउँछ, 
अनि गलकोटेलाई जागरुक बनाउँछ ।।

More Blogs