काठमान्डौ , माघ ४
गलकोट कला प्रतिष्ठान , गलकोट ; गलकोट घुम्टे विकास मंच काठमाडौ ; वागलुंग गलकोट महिला समूह काठमाडौ र काठमाडौमा रहनु हुने गलकोट सम्वद्द वुद्दीजीवीहरु बिच आज नेरीक एकेडेमी शंकमुलमा "गलकोट अन्तराष्ट्रीय मूर्तीकला कार्यशाला २०७६" विषयमा खुल्ला छलफल कार्यक्रम सम्पन्न भय को छ । आगामी फाल्गुन ५ गतेवाट संचालन हुने कार्यशाला को आज सम्मको तयारी र भावी योजना-कार्यदिशा सम्वन्धीमा पनि छलफल सम्पन्न भयो ।
मिति २०७६ पुस २७ गते सनिबार दिउसो १ बजे संखमुल काठमान्डौ स्थित नेरिक एकेडेमिमा, मिती २०७६ पुष ५ गते देखि २१ गतेसम्म्म आयोजना गर्न लागिएको " गलकोट अन्तराष्ट्रिय मुर्तिकार्यशाला २०७६" को प्रवर्दन एवं प्रचार उद्देश्यले गलकोट घुम्टे बिकास मन्च काठमाडौं ले आयोजना गरेको भेलाले सिफारिस १३ जनाको काठमाडौ उप - समितीलाई प्रतिष्ठानका अध्यक्ष क्या. पुर्ण बहादुर रानाले अनुमोदन गरेको जानकारी गराउनुभयो।
कर्यक्रममा बोल्दै रानाले, "मुर्तिकार्यशाला गलकोटवासीको मात्र नभई सिंगो राष्ट्रको प्रतिष्ठा र इज्जत संग जोडिएकोले यस कार्यलाई सफल रुपमा सम्पन्न गर्नका लागी सम्पुर्ण गलकोटवासी एक हुनुपर्ने र समृद्ध गलकोट निर्माणमा जुनसुकै सहयोगका लागी खुल्ला दिलले अगाडी आउनुपर्ने वताउनुभयो।"
कार्यशाला संयोजक मुर्तिकार, प्राज्ञ ओम खत्रीले मुर्तिकारहरुको ब्यवस्थापन ,तय- तरिका र यस्ता कार्यशाला गर्दा विभिन्न ठाउं परिवेशमा रहि आएको ब्यवस्थापन नजीर सम्बन्धमा प्रष्ट पार्नुभयो।
कर्यक्रममा बोल्दै गलकोट घुम्टे बिकास मंच काठमाडौंका अध्यक्ष, कार्यशाला आयोजना काठमाडौं आर्थिक उपसमितीका संयोजक प्रसान्त ढकाल र घु. वि. मंच काठमाडौंका सचिव , कार्यशाला आयोजना काठमाडौं आर्थिक उपसमिती स. सचिव मिलन कडेलले कार्यशालालाई सफल पार्नकालागि आर्थिक व्यवस्थापन , पारदर्शीता , सटिक कार्य व्यवस्थापन विषयमा धारणाहरु ब्यत्त गर्नुभयो।
शनिबारको कार्यक्रममा गलकोट कला प्रतिष्ठानका तर्फबाट अध्यक्ष क्या. पुर्ण बहादुर राना, सुनमाया ढकाल, फमलाल निउरे, हर्क पाण्डे र योगेश भण्डारीको सहभागिताका साथै गलकोट घुम्टे बिकास मंच काठमाडौं र बाग्लुङ्ग गलकोट महिला समुह प्रतिनिधिहरु, प्रभु बैंक प्रदेश ३ निर्देशक चन्द्र खत्री, सहिद थीर बम मल्ल फाउन्डेसन का अध्यक्ष मंजेश वम मल्ल, कार्यशाला संयोजक मुर्तिकार, प्राज्ञ ओम खत्री लगाएको उपस्थिती रह्यो।
कार्यक्रमलाई प्रतिष्ठानको सचिव सुनमाया ढकालले संचालन गर्नुभएको थियो।
काठमाण्डौमा गठित आर्थिक उप-समिति
संयोजक : प्रशान्त ढकाल
उप-संयोजक : ज्योति श्रेष्ठ
स. सचिव : मिलन कंडेल
सदस्य: थमन बहादुर बस्नेत खडक बस्नेत गीता बोहोरा
बिनोद गौचन शालिग्राम शर्मा भुपिन्द्र खत्री
विराज सुबेदी गणेश चालिसे तारा न्यौपाने इल्सन थापा